रिलायन्स लाईफ इन्स्योरेन्सको बाल जीवन बीमा योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायन्स लाईफ इन्स्योरेन्सको बाल जीवन बीमा योजना



काठमाडौ । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ वर्ष २०७५ को अवसर पारेर मेरो मुटु बाल जीवन बीमा योजना अघि ल्याएको छ । एक महिनाको उमेरदेखि नै बच्चाको बीमा गर्न सकिने प्रावधानसहित सो कम्पनीले बाल जीवन बीमा योजना अघि ल्याएको हो । सो योजना सार्वजनिक गरेसँगै कम्पनीले बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्ने जनाएको छ ।

यस योजनाको अन्य विशेषताहरुमा परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधिभर प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परी स्थायी अशक्तता भएको खण्डमा सुविधा प्राप्त हुने र शुल्क मिनाहा हुनुका साथै बीमांक रकमको १% को दरले हुन आउने रकम आयको रुपमा बीमा अवधिभर हरेक महिना प्रदान गरिने जनाइएको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो, जसको कूल पूँजी रु.२ अर्ब १० करोड र चुक्ता पूँजी रु.१ अर्ब ४७ करोड रहेको छ ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार १६:२४