मोबाइल पुरानो भयो भने एप्पल वल्र्ड मोबाइल जानुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोबाइल पुरानो भयो भने एप्पल वल्र्ड मोबाइल जानुस



काठमाडाै । नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको ब्याबस्था पनि गरिएको छ ।

एक सातासम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्ल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ ।

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो ।

बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा माथी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

यसै बिच एप्पल वल्र्ड मोबाइलका साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गगरिएको दशैं दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ ।

एप्पल वल्र्ड मोबाइल दरबारमार्गमा आयोजित कार्यक्रममा दशँै तिहारको बहार मोबाइल किन्दा उपहारै उपहार योजनाका विजेतालाई उपहार वितरण गरिएको हो ।

दशैं तिहारको उपहार योजनाको पहिलो उपहार यमाहाको मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन् । सफल न्यौपानेले दोस्रो उपहार आइफोन ८, सुरज महर्जनले तेस्रो उपहार अन्तर्गत मलेसिया तथा सिगांपुर ट्रिप हात पारेका छन् ।

त्यस्तै चौथो उपहार पाउने शिक्षा लामाले भिभो मोबाइल, पाँचौ उपहार विजेता एन्जी शेर्पाले जिटी एस सिक्स मोबाइल तथा छठौ उपहार पाउने रामेश्वर उप्रेतिले लेनेभोको मोबाइल प्राप्त गरेका छन् ।

यूवा नेता दिपेस पुन, चर्चित मोडल तथा नायिका ओसीमा बानु, समाजसेबी एवं ब्याबसायी निराजन सिंह र योङ बिजिनेस इन्टरप्रेनर अलाईभ ग्लाईडरले विजेतालाई उपहार हस्तान्तरण गरेका थिए ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार २१:२५