अब यी स्थानमा मात्र विरोध गर्न पाइन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब यी स्थानमा मात्र विरोध गर्न पाइन्छ



काठमाडाै । अोली नेतृत्वको सरकारले विरोध गर्ने स्थान छुट्याएको छ । विरोध गर्नेहरुको केन्द्र बन्दै गएको माइतीघर मण्डलामा भने प्रर्दशन गर्न सरकारले रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षताको सुरक्षा समितिको बैठकले विरोध प्रदर्शन गर्ने स्थानबाट माइतीघर मण्डलालाई हटाएको छ ।

वैठकले काठमाडौंका ७ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको छ । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने उल्लेख छ ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार २१:३८