गर्मी मौसममा घामको एलर्जीले सताएको छ ? यसो गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गर्मी मौसममा घामको एलर्जीले सताएको छ ? यसो गर्नुस्



एजेन्सी । गर्मी मौसम सुरु भइसकेको छ । घामको एलर्जीले कतिपयलाई सताउन सक्छ । तर अब नआत्तिनुस जोगिने उपाय हामी बताउदैछौँ ।

१ हरेक दिन दुई पटक चिसो पानीले नहाउनुस् ।
२ घामले एलर्जी बनाएको ठाँउमा वा कोतरिएको भागमा आलु पिधेर लगाउनुस् ।
३ घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुस् ।
४ काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।

५ घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।
६ घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस् ।
७ नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुस् ।
८ पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
९ नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदा जनक हुन्छ ।

प्रकाशित : ३ बैशाख २०७५, सोमबार १४:५७