तेलको भाउ बढाएर उपभोक्ताको ढाड सेक्दै अोली सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तेलको भाउ बढाएर उपभोक्ताको ढाड सेक्दै अोली सरकार

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । दुई साताको बीचमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २र२ रुपैयाँ मूल्य बढाएको हो।

सोमबार बसेको निगमको सञ्चालन समितिको बैठकले मूल्यबृद्धी गरेको हो। अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ। पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ।

मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ। राती १२ बजेपछिबाट लागू हुने गरी मुल्यबृद्धि भएको हो।

प्रकाशित : ३ बैशाख २०७५, सोमबार २१:४४