नेपाल सेवा लघुवित्तले आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल सेवा लघुवित्तले आईपिओ निष्काशन गर्ने



काठमाडौं । नेपाल सेवा लघुवित्तले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) वैशाख १२ गतेदेखि निष्काशन गर्ने भएको छ ।  लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो । सो मध्ये २ प्रतिशत अर्थात् ३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको जानकारी लघुवित्तले दिएको छ । बाँकी १ लाख ६७ हजार ४ सय कित्ता शेयर सर्वसाधारणले प्राप्त गर्ने भएका छन् । आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम ९ सय कित्ता सम्म खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

इच्छुक आवेदकले कम्पनीको शेयर रजिष्टारसमेत रहेको एनएमबी क्यापिटल र लघुवित्तको केन्द्रीय कार्यालयबाट सोझै धितोपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य बैंक तथा तिनका सम्पूर्ण शाखाका साथै सी-आश्वा सेवा सेवा लिएका आवदेकले घरमा नै बसीबसी अनलाइनमार्फत् समेत अावेदन गर्न सक्नेछन् ।

लघुवित्तले जारी पूँजीको ३० प्रतिशत रकम बराबरको आइपिओ जारी गर्ने भएको हो । संस्थापकबाट मात्र ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैयाँको साधारण सेयर विक्री गरेपछि कम्पनीको चुक्ता पूँजी ६ करोड पुग्नेछ ।

चार वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीमा केन्द्रीय कार्यालय स्थापना गरी कारोवार गर्दै आएको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा लघु वित्तीय सेवा प्रदान गर्दै आएको कम्पनीले छिटोमा वैशाख १६ गते र ढिलोमा जेठ २ गते निष्काशन बन्द हुने जानकारी  दिएकाे छ ।

 

प्रकाशित : ४ बैशाख २०७५, मंगलवार ११:२३