लालबाबु पण्डित र बाबुसाहेव अख्तियारको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लालबाबु पण्डित र बाबुसाहेव अख्तियारको फन्दामा



काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा घुस रकमसहित दुई कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।

नेपाल विद्युत प्राधिकरण महोत्तरी शाखामा कार्यरत कर्मचारी लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

उनीहरुले थ्रि फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिएका थिए । सेवाग्राहीको उजुरीपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार २१:५९