कालिका पावर कम्पनी  लिमीटेडले आइपीओ निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कालिका पावर कम्पनी  लिमीटेडले आइपीओ निश्कासन गर्ने



काठमाण्डौ । कालिका पावर कम्पनी  लिमीटेडले सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको  छ ।

एकसय रुपैयाँ अंकित दरका १२ लाख  कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि कम्पनीले बुधबार धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल मार्केट्स लिमीटेड र ग्लोबल आइएमई  क्यापिटल लिमीटेड रहेका छन् । बोर्डबाट स्वीकृति पाएछि  आइपीओ निश्कासनको अन्य प्रक्रिया अगाडि बढ्नेछ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो ।

यो कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ ।

कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तानीमा प्रयोग गर्ने र केही रकम दिर्घकालस्न कर्जा भुक्तानीका लागि प्रयोग गरिने बताइएको छ।

हाल यो कम्पनीको चुक्तापूँजी ६६ करोड रुपैयाँ रहेको छ । आइपीओपछिचुक्ता पूँजी बढेर ७८ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।

 

प्रकाशित : ६ बैशाख २०७५, बिहीबार ११:१७