मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक गाभिने कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक गाभिने कहिले ?



काठमाडाै । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति पाएका छन। बिहिबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुई बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको हो।

 

यहि बैशाखको अन्तिम साता एकीकृत कारोबार गर्ने गरि राष्ट्र बैंकले बिहिबार अन्तिम स्वीकृति दिए हो । एक आपसमा गाभिन सम्झौता भएको करिब १५ महिनापछि यी दुई बैंकले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका हुन। राष्ट्र बैंकबाट औपचारिक पत्र प्राप्त भएपछी बैंकले २१ दिनको सूचना निकालेर एक आपसमा गाभिएको औपचारिक निर्णय गर्नेछ।

मेगाको १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जरको निर्णय भएको हो। जस अनुसार टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा मेगाको शेयर पाउनेछन्।

हकप्रद शेयर सहित मेगाको चुक पुंजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजमको २ अर्ब १ करोड रुपैयाँ छ। दुवै बैंक मर्ज भएपछी चुक्ता पुंजी ९ अर्ब ४७ करोड नाघ्नेछ।मेगा बैंकले गत आर्थिक बर्षको कमाईबाट ९.४५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ भने टुरिजमले १५ प्रतिशत बोनस सेयरको प्रस्ताब गरेको छ।

प्रकाशित : ७ बैशाख २०७५, शुक्रबार १४:४१