३६ हजार ९ सय अवैध अमेरिकन डलरसहित व्यवसायी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३६ हजार ९ सय अवैध अमेरिकन डलरसहित व्यवसायी पक्राउ



काठमाडाै । ३६ हजार ९ सय अवैध अमेरिकन डलरसहित सुन्धारामा एक व्यवसायी पक्राउ परेका छन्। महानगरीय अपराध महशाखाले व्यवसायी राजेश कुमार अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो।

अवैध डलर कारोबारको आरोप उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। झापाको बिर्तामोड स्थायी घर भएका उनको कपडा पसल छ। पसलको आवरणमा उनले अवैध डलरको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध बैंकिङ कसुर तथा संगठित अपराध मुद्दामा कारबाही हुने एसएसपी सिंहले बताए।

प्रकाशित : ७ बैशाख २०७५, शुक्रबार १९:१३