सिटिजन लाइफले कति शेयर निष्काशन गर्दै छ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन लाइफले कति शेयर निष्काशन गर्दै छ?



काठमाडाै । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम बार्षिक साधारणले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले जारी पूँजी दुई अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको संक्षिप्त व्यवसायिक समिक्षा एवं नेपालमै पहिलो पटक आफ्नै जीवनमा दुई गुणा बीमाड्ढ तथा बोनस समेत भुक्तानी हुने बाचुञ्जेलको साथी, एउटै बीमा काफी भन्ने नाराका साथ जीवन सारथी बीमा योजना प्रचलनमा ल्याइएको बताए ।

यसै गरी साधारण सभाले प्रदिप जंग पाण्डेलाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दे संस्थापक शेयरधनीका तर्फबाट अन्य चार जना सञ्चालकहरु सुमित कुमार अग्रवाल, अनोज रिमाल, महेश स्वाँर र मनोज कार्की तथा स्वतन्त्र र व्यवसायिक सञ्चालकमा इन्द्र प्रसाद कर्मचार्यलाइ नियुक्त गरेको छ ।

कम्पनीले चालू आवको अन्त्यसम्म ४० स्थानमा व्यवसायिक सञ्जाल विस्तार गरि साधारणको पहुँचमा जीवन बीमा सेवा पुर्याउने जनाएको छ ।

इन्स्योरेन्सले ०७४ कार्तिक २ गतेदेखि व्यवसायिक कारोबार थालेको कम्पनीले विभिन्न ३५ कार्यलयहरु मार्फत बीमा सेवा प्रदान गर्दे आईरहेको छ । कम्पनीले गत दोस्रो त्रैमाससम्ममा पाँच करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रकाशित : ७ बैशाख २०७५, शुक्रबार २०:४९