सानिमा बैंकको २७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकको २७ प्रतिशतले बढ्यो



काठमाडौं  । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाशमा खुद मुनाफा १ अर्ब २० करोड ५६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा २७ दशमलव ३३ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ९४ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

५ अर्ब ३० करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी भएको सानिमा बैंकले ५० दशमलव ८० प्रतिशतले वृद्धि गरी ८ अर्ब १२ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडा कोषमा २ अर्ब २५ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै निक्षेपमा ७१ अर्ब ५३ करोड ९ लाख रुपैयाँ संकलन गरी कर्जामा ६४ अर्ब ३२ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २५ दशमलव ६० प्रतिशतले बढेर २ अर्ब ७ करोड ६० लाख रुपैयाँ र संचालन मुनाफा २८ दशमलव ८० प्रतिशतले वृद्धि गरी १ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पति १३ दशमलव १५ प्रतिशत, निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) २० दशमलव २२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशलमव ७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ९९ प्रतिशत रहेको छ ।

प्रकाशित : ९ बैशाख २०७५, आईतवार ११:०३