रैराङ हाइड्रोपावर आईपीओ अाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रैराङ हाइड्रोपावर आईपीओ अाउदै



काठमाडौं  । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर आईपीओ आउने भएको छ । कम्पनीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्कासन हुने भएको हो ।

कम्पनीले शेयर निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डले आईतबार स्वीकृति प्रदान गरेको छ । कम्पनीको शेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसतभन्दा तल रहेको संकेत गर्दछ ।

यसअघि आयोजना प्रभावित स्थानीयबासीलाई पाँच लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक शेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । कम्पनीले स्थानीयका लागि जारी गरिएको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता शेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्न लागेको हो ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार ०८:३८