नेपालको ३८ औं प्रधानमन्त्रीमा केपी ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपालको ३८ औं प्रधानमन्त्रीमा केपी ओली



काठमाडौं । नेपालको ३८ औं प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्धन्दी नेपाली कांग्रेसका शुसिल कोइरालाको भन्दा ८९ मत बढी प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनले जम्मा ३ सय ३८ मत प्राप्त गरे भने कोइरालाले २ सय ४९ मत प्राप्त गरे ।

व्यवस्थापिका संसदको आज भएको प्रधानमन्त्रीको निर्वाचनामा जम्मा ५ सय ८७ जना सांसदहरुको उपस्थिति रहेको थियो । उनले कुल मतको ५७ दशमलव ५८ प्रतिशत मत प्राप्त गरे ।

प्रकाशित : २४ आश्विन २०७२, आईतवार ११:१२