ओलीलाई पत्याएन नेप्सेले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओलीलाई पत्याएन नेप्सेले



काठमाडौ ।  आइतवार नेप्से परिसुचक १८ दशमलव १८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ४३ दशमलव ८८ अंकमा झरेर बजार बन्द भएको हो ।

सो दिन कारोवारमा आएका सबै समुहको परिसुचक ओरालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ५९ दशमलव ५३ अंकले ओरालो लागेको छ ।

त्यस्तै  जलविद्युत समहुको ३४, होटल समुहको २३ दशमलव ६६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको सुचक १९ दशमलव ९३ अंकले घटेको छ । त्यसैगरी विकास बैंक, अन्य  र फाइनान्स समुहको परिसुचक १२ दशमलव ५७, १२दशमलव ९२ र ३ अंकले घटेको छ ।

सो दिन १ सय १८ ओटा कम्पनि कारोवारमा आएका थिए । १२ लाख ६३ हजार कित्ता सेयरबाट ६२  करोड  २२ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित : २४ आश्विन २०७२, आईतवार १४:२९