एकता बिकास बैंकको नाफा ८० प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एकता बिकास बैंकको नाफा ८० प्रतिशतले वृद्धि



काठमाडौं । एकता बिकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड २८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनामा ८० दशमलव ०७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा ७१ लाख रुपैयाँ कमाएको थियो ।

गत आर्थिक वर्ष सोहि अवधिमा १ करोड ६१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष चालु आवमा ६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेपमा ६० दशमलव ७३ प्रतिशत वृद्धि गरी २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुर्याको छ जुन गत वर्ष सोहि अवधिमा १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ पुर्याएको थियो । कर्जा तर्फ पनि ३९ दशमलव ८९ प्रतिशतले बढाएर १ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ पु¥याएकोे छ । गत बर्ष सोहि अवधिमा १ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ पु¥याएकोे थियो । बैंकको खुद व्याज आम्दानी ५२ दशमलव ६७ प्रतिशतले वृद्धि भई २ करोड ६८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष सोहि अवधिमा १ करोड ७५ लाख रुपैयाँ पुगेको थियो । बैंकको व्याज आम्दानी ४८ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ भने व्याज खर्च ४५ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै

सञ्चालन मुनाफा गत बर्षको भन्दा ८० दशमलव ९६ प्रतिशतले वृद्धि भई २ करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोहि अवधिमा १ करोड ११ लाख रुपैयाँ रहेको थियो । बैंकको प्रोभिजन भने २८ लाख रुपैयाँ राखेको छ ।

बैंकको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी २५ दशमलव ७९ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात १३ दशमलव ५० गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३४ दशमलव ७८ रुपैयाँ रहेको छ र तरलता अनुपात ३४ दशमलव २२ गुणा रहेको छ । जोखिम युक्त सम्पति १ दशमलव ४२ प्रतिशतले बढेर १३ दशमलव ०८ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव ०९ प्रतिशतले बढेर शुन्य दशमलव २१ प्रतिशत रहेको छ ।

प्रकाशित : १२ कार्तिक २०७२, बिहीबार १०:१७