कलेजका विद्यार्थीकालागि टप बिजनेस आईडिया,पढाई पनि कमाई पनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

कलेजका विद्यार्थीकालागि टप बिजनेस आईडिया,
पढाई पनि कमाई पनि



तपाई विद्यार्थी हो भने यो ख्याल राख्नुस पढाइ संगै बिजनेश गर्ने समय कति छ ? नयाँ र क्रियटिभ बिजनेश सुरु गर्द तपाईको अध्ययनमा असर गर्नु भने भएन । पढाइबाट बचेको थोरै समय निकालेर नयाँ सोचका साथ तपाईले अाफ्नो बिजनेश सुरु गर्न सक्नु हुन्छ । यसले तपाईलाई पकेट मनी समेत हुन्छ भने अन्य जुनसुकै क्षेत्रमा लाग्दा पनि तपाइका लागि तपाईले गरेको सुरुवात नयाँ ठाउमा काम लाग्न सक्छ ।

ट्युसन

यो यस्तो काम हो यसको बारेमा तपाइलाई त्यति भनि राख्नै पर्दैन । तपाई साइन्स क्षेत्रको विद्यार्थी हो भने तपाईले फिजिक्स, केमेस्ट्री, म्याथ र बायोलोजी जस्ता ट्यूसन क्लास लिन सक्नु हुन्छ । त्यस्तै नेपालमा अहिले अंग्रेजीको पनि उतिकै संभावना भएको हुँदा यसको पनि क्लास लिन सक्नु हुन्छ । यसमा खास गरि कलेज पढ्ने विद्यार्थीले १० कक्षा सम्मका विद्यार्थीलाई ट्यूसन लिन सक्नु हुन्छ । यसबाट तपाईलाई राम्रो पैसा पनि हुन्छ र सम्बन्धीत बिषयमा पकड समेत तपाईले जमाउन सक्नु हुने छ ।

अाइटी सपोर्ट

अहिले जमाना टेकनोलोजीको हो । तपाई यो क्षेत्रमा रुची राख्नु हुन्छ भने यसमा पार्टटाइम र फुलटाइम दुबै हिसाबले काम गर्न सक्नु हुन्छ । अाइटी उद्योग दुनियामा सबै भन्दा बढी गतिमा चल्ने उद्योग हो । यो संगै यसमा जागिरको अवसर पनि धेरै नै हुन्छ । यसका लागि सानो अाइटी सम्बन्धी काम गर्ने कम्पनीसंग जोडिएर काम गर्न सक्नु हुने छ ।

 


सोशसल मिडिया असिस्टेन्ट

अाजकल सोशल मिडियाको फिल्डमा कही न काही जागिर अाउन थालेको छ । यसमा तपाइले कम्पनीको सोशल मिडिया असिस्टेन्टको कामलाई हेर्ने र त्यसको सहि म्यानेज गर्नु पर्ने हुन्छ ।

क्रियटिभ अार्ट

तपाईकेही नयाँ तरिकाले इन्टरनेटमा विभिन्नक्रियटिभ अार्ट बनाएर रमाउन तपाई इच्छुक हुनुहुन्छ भने इन्टरनेटको माध्यमबाट नै हो । इन्टरनेटमा विभिन्न किसिमका अाइडियाहरु हुन्छन । यसको सदुपयोग गर्दै त्यसबाट सिकेर तपाइले अाफ्नै नयाँ बिजनेश अाइडिया बनाउन सक्नु हुन्छ । तपाईले बनाएको अाइडियालाई बुटिकमा बेच्न सक्नु हुन्छ । र यसबाट बजारमा तपाईले नाम र दाम दुबै पाउनु हुन्छ ।

युटयूबबाट कमाई

तपाई युटयूबको माध्यमबाट कमाउन चहानुहुन्छ भने सबै भन्दा पहिला तपाई संग युटयूब च्यानल अाफ्नै हुन जरुरी छ । युटयूब बनाउदा तपाईले त्यसमा एउटा थिम चुन्नु पर्छ त्यही थिम अनुसार एउटा प्रोग्राम बनाएर युटयूबमा भिडियो अपलोड गर्नु पर्छ । तर यसमा तपाइलाई पैस त्यो बेला मिल्छ । जब तपाईको युटयूबमा कम्तिमा पनि एकहजार सब्सक्राइबर्स र कमसेकम चार हजार घन्टाको भ्यू हुन्छ । यसका लागि तपाईले यस्तो कन्टेन तयार गर्न जरुरी छ कि सब्सक्राइबर्स र भ्यूज चाडो होस ।  एजेन्सीको  सहयोगमा

प्रकाशित : १३ असार २०७६, शुक्रबार २०:०५