कुश्मामा प्रभु बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुश्मामा प्रभु बैंकको शाखा



काठमाडौं । प्रभु बैंकले पर्वत जिल्लाको कुश्मामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आज उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक दक्ष पौडेले एक समारोहका विच गरेका छन् ।

parbhu

गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बागलुङ्गको शाखा कार्यालयलाई कुश्मामा स्थानान्तरण गरिएको हो ।

 

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बताएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथसाथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिंङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास जनाएको छ ।

प्रकाशित : २३ कार्तिक २०७२, सोमबार १२:१२