पत्रकार दुर्घटना बीमा कार्यक्रमको प्रारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पत्रकार दुर्घटना बीमा कार्यक्रमको प्रारम्भ



काठमाडौं । नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा बिहीवारदेखि पत्रकार दुर्घटना बीमा प्रारम्भ गरिएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० बमोजिम श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोमा ५ लाख रुपैयाँसम्म र दुर्घटनबाट उत्पन्न उपचारवापत लाग्ने खर्चको हकमा बिल बमोजिम बढीमा २ लाख रुपैयाँसम्मको वास्तविक खर्च व्यहोरिने छ ।

बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा व्यवस्था छ । बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको छ । यसअन्तर्गत प्रति व्यक्ति वार्षिक प्रिमियम ३ सय ३९ रुपैयाँ मध्ये सरकारी कोषबाट २ सय ५४ रुपैयाँ ७५ र महासंघबाट ८४ रुपैयाँ ७५ पैसा व्यहोरिने छ ।

पहिलो चरणमा बिहीवार  महासंघमा विवरण प्राप्त भई नेपाल सरकार सूचना विभागबाट प्रक्रिया पूरा गरी स्वीकृत गरिएका ५ सय ५४ जना श्रमजीवी पत्रकारको बीमा गरिएको छ ।

प्रकाशित : १० मंसिर २०७२, बिहीबार १४:५१