तामाकोशीको सेयर प्रमाणपत्र आइतबारबाट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तामाकोशीको सेयर प्रमाणपत्र आइतबारबाट पाउने



काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर प्राप्त गरेका सरकारी कर्मचारीले आइतबारबाट प्रमाणपत्र पाउने भएका छन्। तामाकोशीको सेयर पाएका कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आइतबारबाट तामाकोशीको सेयर प्रमाणपत्र पाउने भएका हुन्।


यो आयोजनाको सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह प्रबन्धक एनसिएम मर्चेन्ट एन्ड बैंकिङ लिमिटेडले आफूले दरखास्त बुझाएको स्थानबाट सेयर प्रमाणपत्र बुझ्न आग्रह गरेका हुन्।

सेयरधनी प्रमाणपत्र लिन जाँदा सेयर आवेदन फारमको अर्धकट्टी तथा नागरिकताको प्रतिलिपी ल्याउन कम्पनीले आग्रह गरेको छ। मञ्जुरीनामा लिएर आउने व्यक्तीले पनि प्रमाणपत्र लैजान सक्नेछन्।

तामाकोशीको सर्वसाधारणका लागि छुट्याइएको ३ करोड ६० लाख कित्ता सेयर मध्ये १ करोड ५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। यो सेयरको आवेदन खुला भएको छैन।

बाँकी सेयरमध्ये संचय कोषका संचयकर्तालाई १ करोड ८२ लाख कित्ता, ३० लाख ४९ हजार कित्ता ऋण दिने संस्थाका कर्मचारीका लागि र ४० लाख ६६ हजार कित्ता नेपाल विद्युत प्राधिकरणका लागि छुट्याइएको थियो। तामाकोशी आयोजनामा कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले ऋण लगानी गरेका छन्।

प्रकाशित : ११ मंसिर २०७२, शुक्रबार १२:५०