माइक्रो फाइनान्सले ततायो बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माइक्रो फाइनान्सले ततायो बजार



काठमाडौं,  । बुधबार नेप्से परिसूचक १५ दशमलव ५६ अंकले बढेर १ हजार १ सय २२ दशमलव ७९ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ’क’ वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४३ अंकले बढेर २ सय ४२ दशमलव ४७ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज १ सय २६ वटा कम्पनीहरुको ३ हजार ३१ वटा कारोबारबाट ८ लाख १ हजार ६ सय ८७ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । आज नेप्से बजारमा ४२ करोड १९ लाख ६४ हजार ६ सय ६४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।

कारोबार रकमको आधारमा आज सबैभन्दा अगाडी छिमेक लघुवित्त बिकास बैंक रहेको छ जसको ३ करोड ११ लाख ४२ हजार ८ सय ३५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार रकमकै आधारमा दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ जसको ३ करोड ८ लाख २३  हजार १ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याको आधारमा सिद्धार्थ ग्रोथ स्कीम १ को शेयरको १ लाख १७ हजार कित्ता शेयर कारोबार भएको छ ।

आज डिप्रोक्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले आफ्नो शेयरको मुल्यमा सवाधिक १० प्रतिशतले कमाएका छन् । साथ साथै मिथिला लघुवित्त बिकास बैंकको १० प्रतिशतले, लक्ष्मी लघुवित्त बित्तिय संस्थाको ९ दशमलव ९९ प्रतिशतले, नागबेली लघुवित्त बिकास बैंकको ९ दशमलव ९८ प्रतिशतले, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको ९ दशमलव ९२ प्रतिशतले, नयाँ नेपाल लघुवित्त बिकास बैंकको ९ दशमलव ९२ प्रतिशतले, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९ दशमलव ९१ प्रतिशतले मूल्यमा वृद्धि भएको छ ।

आज सर्वाधिक लगानीकर्ताहरुले कास्थमण्डप डेभलपमेन्ट बैंकको  ४ दशमलव ८३ प्रतिशतले मुल्यमा गुमाएका छन्. त्यसैगरी रप्तिभेरी बिकाश बैंकको ३ दशमलव १४ प्रतिशतले र राष्ट्रिय बीमा संस्थाको २ प्रतिशतले मुल्यमा गिरावट आएको छ  ।

प्रकाशित : २३ मंसिर २०७२, बुधबार १२:३५