के निर्णय गर्यो आजको मन्त्रिपरिषदले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

के निर्णय गर्यो आजको मन्त्रिपरिषदले ?



काठमाडौँ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुधार कार्ययोजनालाई स्वीकृत गरी चाँडोभन्दा चाडो कार्यान्वयनमा ल्याउने निर्णय गरेका छ । सरकारले सुशासनको अवस्थालाई थप सुदृढ बनाउने सम्बन्धी दुई वर्षे तत्काल सुधार कार्ययोजना २०७२ लागू गर्ने भएको हो । singhadurbar

त्यस्तै चीन सरकारबाट प्राप्त हुने १४ अर्ब ९४ करोड आर्थिक सहायता स्वीकार गरी अरनिको राजमार्ग, तातोपानी–धुलिखेल सडक निमार्णमा खर्च गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रको पुनःनिमार्णका लागि जापान सरकारले दिने ३ अर्ब ४४ करोड ८० लाख सहायता रकम स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : २४ मंसिर २०७२, बिहीबार १५:३९