एक करोडको लागतमा फिटनेश सेन्टर



दाङ / जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।

तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् ।

फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको आज तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले उद्घाटन गर्नुभयो । शारीरिक सुगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको उहाँले बताउनुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालन हुनु सबैका लागि फाइदाको कुरा भएको बताउनुभयो । उक्त सेन्टर बिहान पाँच बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच समझदारी

काठमाडौँ । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच एक समझदारी भएको छ ।

अब नागरिक एपबाट सवारीसाधन नवीकरण गर्न सकिने

काठमाडाैं । नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती

सुनको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

नर्भिकद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ

प्रकाशित मिति २०७८ असार १ देखि