तराईको कोसेली पेट्रोल र ग्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तराईको कोसेली पेट्रोल र ग्यास



उदयपुर । केही महिनाअघिसम्म काठमाडौँमा बस्ने आफन्त तथा साथीभाईलाई तराईबाट जानेको कोसेली पेडा, कुराउनी, गुन्द्रुक, भटमास, कोदोको पिठो, अकबरे खुर्सानीको अचार, अलैची, अम्लिसोको कुचो आदि हुन्थ्यो । तर अहिले पेट्रोल, डिजेल र ग्यास प्रमुख कोसेली भएको छ ।

कोही आफन्त वा साथीभाई काठमाडौँ जाने खबर पाउने विपत्तिकै प्रायस् सबैको एउटै कोुेली माग हुने गरेको छ । काठमाडौँमा भन्दा तराईमा सहज रुपमा पाइने ठानेर उनीहरुले कोसेलीका रुपमा यी बस्तु माग गर्ने गर्छन् ।

‘काठमाडौका आफन्तले पेट्रोल र १ सिलिन्डर ग्यास कोसेली लिएर आउनू भनेका छन्, त्रियुगा नगरपालिका–२ का नरेश ढकालले भने,‘तराईमा चाहिँ सजिलै पाइन्छ भन्ने ठानेर यसो भनेका होलान् । तर, यहाँ आफूले दाउरामा खाना पकाउन थालेको ३ महिना नाघिसक्यो ।’ पेट्रोल नपाएर मोटरसाइकल थन्क्याएको महिनादिन नाघेको उनले सुनाए ।

कतिपयका आफन्तले भने हार्न नसकेर १० हजार रुपैयाँका दरले सिलिन्डर खरिद गरेर आफन्तलाई पठाइदिने र आफैँ लिएर जाने गरेका छन् । ३ सय रुपैयाँका दरले खरिद गरेको पेट्रोल पनि धेरैका लागि कोसेली बन्ने गरेको कारोबारमा खबर छ ।

प्रकाशित : ६ पुष २०७२, सोमबार ०२:५३