सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पुग्नुपर्छ – मन्त्री राई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पुग्नुपर्छ – मन्त्री राई



पोखरा । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पु¥याएर त्यहाँका जनतालाई लाभान्वित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

एसिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा आजदेखि यहाँ सुरु दूरसञ्चारसम्बन्धी नीति, नियमन र सेवा विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले इन्टरनेटको सेवा सरल र सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।

“सबैको घरमा इन्टरनेट सेवा सर्वसुलभ भएमा घरमा रहेका बाबुुआमाले विदेशमा रहेका आफ्ना छोराछोरीसँग कुराकानी गरेर पारिवारिक सम्बन्ध अझै नजिक बनाउन सकिन्छ– ” उहाँले भन्नुभयो ।

मन्त्री राईले नेपाली जनताले वर्तमान अवस्थामा भोग्दै आएको कठिनाइ केही दिनमै हट्ने दाबीसमेत गर्नुभयो ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कार्यशालाबाट दूरसञ्चार क्षेत्रमा देखिएका कमीकमजोरी हटाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का दूरसञ्चार कम्पनीमा कार्यरत ६० जना प्रतिनिधिको सहभागिता छ ।

मन्त्री राई आजै नेकपा (एमाले) कास्कीद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार १०:२१