फर्स्ट माइक्रोफाइनान्सले कमायो १० करोड खुँद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

फर्स्ट माइक्रोफाइनान्सले कमायो १० करोड खुँद नाफा



काठमाडौं  । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७४/७५ मा १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुँद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो वर्ष आवको तुलनामा २ करोड १९ लाख ९६ हजार अर्थात २७ प्रतिशतले बढेको यो वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो वित्तीय संस्थाले अघिल्लो आवमा गरेको नाफा ८ करोड १ लाख रुपैयाँ थियो । संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९४ हजार रहेको छ । यसको जगेडा कोषमा १८ करोड ४४ लाख रुपैयाँ छ । संस्थाले २० लाख लगानी गरेको छ ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार १०:५६