नाकाबन्दी र मधेस आन्दोलनले दैनिक दुई अर्ब घाटा : उद्योगमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाकाबन्दी र मधेस आन्दोलनले दैनिक दुई अर्ब घाटा : उद्योगमन्त्री



भक्तपुर। उद्योग मन्त्री सोमप्रसाद पाण्डेले अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग क्षेत्रले दैनिक दुई अर्बभन्दा बढी घाटा सहनुपरेको बताएका छन् ।

आज भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा मन्त्री पाण्डेले प्रारम्भिक तथ्यांकबाट उद्योगहरुले दैनिक दुई अर्बको घाटा ब्यहोरेको पाइएको बताए ।

मन्त्री पाण्डेले अघोषित नाकाबन्दीका कारण नीजि क्षेत्र तहसनहस बनेको भन्दै बित्तीय संस्थाबाट लिएको ऋणमा सरकारले राष्ट्र बैंकसँग छलफल गरी ब्याजमा सहुलियत दिने योजना बनिरहेको समेत बताए ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार ११:५५