हुण्डाईले ल्यायो ‘हुण्डाई परिवार’ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

हुण्डाईले ल्यायो ‘हुण्डाई परिवार’ योजना



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई परिवार’ योजना ल्याएको छ । हुण्डाई गाडी खरिदमा विभिन्न सुविधाहरु राखेर उसले नयाँ योजना सार्वजनिक गरेको हो ।

निरन्तरको यात्रामा साथ दिँदै आएका ग्राहकहरुको जीवनमा थप खुशी ल्याउन विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदा लिन सक्ने उसको भनाइ छ । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।

लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले ९ फरवरी २००९ देखि हुण्डाई गाडीको आयात र बिक्री तथा बिक्रीपछिको सम्पूर्ण सेवाहरु उत्कृष्ट रुपमा प्रदान गर्दै आएको छ ।

हुण्डाईका अनुभवी तथा दक्ष टिमहरु, ग्राहकहरुको आवश्यकता पूरा गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १०:४४