भूकम्पपछिको पुनःनिर्माणका लागि एक खर्ब प्रतिवद्धता जनाएको भारतले बल्ल दियो दुई अर्ब दश करोडको चेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भूकम्पपछिको पुनःनिर्माणका लागि एक खर्ब प्रतिवद्धता जनाएको भारतले बल्ल दियो दुई अर्ब दश करोडको चेक



काठमाडाै ।भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाल सरकारलाई दुई अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई चेक हस्तान्तरण गरेका हुन्।

भारत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान सहायता स्वरुप पहिलो किस्तामा दुई अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त रकमबाट नुवाकोट र गोरखामा ४२ हजार ८६ निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।

भारतले नेपाललाई २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ ऋण सहायता प्रदान गर्ने घोषणा गरेको थियो ।  भूकम्पपछि २०७२ असोजमा सम्पन्न भएको दाता सम्मेलनमा भारतले  एक खर्ब सहायत उपलब्ध गराउने घोषणा गरेको थियो ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार १३:२७