नक्कली औषधीको कारोबार बढ्यो,तीन व्यवसायी प्रहरीको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नक्कली औषधीको कारोबार बढ्यो,तीन व्यवसायी प्रहरीको फन्दामा



विराटनगर । मोरङमा पछिल्लो समय नक्कली औषधीको कारोबार बढेको छ । नक्कली औषधिको कारोबार गरेको आरोपमा प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेपछि विराटनगरमा नक्कली औषधीको कारोबार हुने गरेको पाइएको हो ।

मोरङ प्रहरीले आइतबार मध्यरातमा औषधि पसलमा छापा मारेर ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा औषधि बिक्रेता धरान–४ काजीवन अग्रवाल, विराटनगर–१० का दीपककुमार राय र सप्तरी महुली–५ का प्रशान्तकुमार चौधरी रहेका छन् । आइतबार दिउँसो प्रहरीले अग्रवाललाई पक्राउ गरेपछि विराटनगरसहित अन्य क्षेत्रमा नक्कली औषधि कारोबार हुने गरेको रहस्य खुलेको थियो । त्यसपछि प्रहरीले विराटनगरका औषधि पसलमा छापा मारेको हो ।

प्रहरीले न्यूरो अस्पतालभित्र सञ्चालित लाइफ सर्पोट फार्मेसी, विराट मेडिकल कलेजमा सञ्चालित विराट फार्मेसी, म्याक्स अस्पतालमा सञ्चालित म्याक्स फार्मेसी, गोल्डेन अस्पतालमा सञ्चालित गोल्डेन फार्मेसी र विराट नर्सिङहोममा सञ्चालित फार्मेसीमा छापा मारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

छापा मार्ने क्रममा बरामद भएका औषधिसहित प्रहरीले तीनै जनालाई थप अनुसन्धानका लागि औषधि ब्यवस्था विभागमा पठाउने जनाइएको छ । उनीहरुलाई आइतबार पक्राउ गरे पनि प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १४:४८