ललितपूरको सानेपामा लक्ष्मी बैंकको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ललितपूरको सानेपामा लक्ष्मी बैंकको नयाँ शाखा



ललितपुर । लक्ष्मी बैंकले ललितपूरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएको छ । यो शाखा संचालनमा आएसंगै काठमाडौं उपत्यकाभित्र लक्ष्मी बैंकका १७ बटा शाखा पुगेका छन् । शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास बैकले लिएको बैकद्धारा जारि विज्ञप्तिमा जनाइएको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गदैृ आएको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १५:४७