ग्रेट स्काइ इन्टरनेशनल म्यानपावरमा छापा, यस्ता छन बदमासी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

ग्रेट स्काइ इन्टरनेशनल म्यानपावरमा छापा, यस्ता छन बदमासी



काठमाडाै । वैदेशिक रोजगार विभागले बसुन्धराको ग्रेट स्काई इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ। युएईस्थित नेपाली दूतावासको छाप र सहि किर्ते गरेको भेटिएपछि विभागले मंगलबार छापा मारेको हो।

बसुन्धराको ग्रेट स्काई ईन्टरनेशनलले दुवईस्थित नेपाली दूतावासको नक्कली छाप र किर्ते दस्तखत गरेको मागपत्र पेश गरेको पाइएको छ । विभागले कम्पनीको कारोवार रोक्का राखेर म्यानपावर कार्यालयमा छापा मारेको छ ।

केही दिनदेखि यो म्यानपावरले पेश गर्ने गरेका मागपत्रमा विभागले छानबिन गरिरहेको थियो । दुवईस्थित नेपाली दूतावासले नै फर्जी मागपत्र पेश भइरहेकोबारे विभागमा सूचना दिएको थियो ।

कम्पनीका कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १६:१३