सनराइज बैंक लिमिटेडको तुल्सीपुरमा शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक लिमिटेडको तुल्सीपुरमा शाखा बिस्तार



काठमाडौ । सन्राइज बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ दाङमा आफ्नो शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तुल्सीपुर उप–महानगरपालिकाका उप मेयर माया आर्चायज्यूले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितीमा गरे ।

उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १९:४६