चौतर्फी विरोध भएपछि वीरगन्ज महानगरपालिकाले करको नयाँ दर र्फिता लियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चौतर्फी विरोध भएपछि वीरगन्ज महानगरपालिकाले करको नयाँ दर र्फिता लियो



वीरगन्ज / वीरगन्ज महानगरपालिकाले केहि समय अघि बढाएको कर चौतर्फी विरोध भएपछि आर्थिक वर्ष ०७४/७५ का लागि निर्धारण गरेको करको नयाँ दर र्फिता लिने निर्णय गरेको छ ।

वीरगन्ज महानगरपालिकाद्वारा मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिए ।

उनले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यापार कर, कबाडी कर, कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी गराए ।

प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ वटा ऐन पारित गरेको समेत जानकारी गराए ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार २०:०६