दोलखाबासीलाई खुल्यो अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

दोलखाबासीलाई खुल्यो अवसर



काठमाडौँ /  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दाकालागि आईपिआओ खुला गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड रुपैया बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको छ। आवेदन दिने समय श्रावण १६ गते देखि भद्रा १४ गते सम्म रहेको छ।

यस अघि दोलखा जिल्लाबाटै शेयर आवेदन दिनु पर्ने भानिएतापनि अब भने काठमान्डौ उपत्यकाबाटपनि आवेदन दिन सकिने छ।

दोलखा जिल्लामा १९ वटा सङ्कलन केन्द्र तोकिएको छ भने काठमान्डौ उपत्यकामा सनराईज क्यापिटल सहित सनराईज बैंकका १० वटा शाखा बाट आवेदन दिने सकिने छ।

हेरौँ सङ्कलन केन्द्र :
दोलखा जिल्लमा अपर तामाकोशी हाईड्रोपावर आयोजना निर्माण स्थल सहित १८ वटा विभिन्न बैंक तथा वित्तीय सस्थामा संकलन केन्द्र राखिएको छ ।


काठमान्डौ उपत्यकाभित्रका सङ्कलन केन्द्र :

१) सनराईज क्यापिटल, कमलपोखरी

२) सनराईज बैङ्कका शाखा कार्यालय : न्युरोड, कालिमाटी, चावहिल, तीनकुने, बौद्ध, भक्तपुर, गावाहाल, गोठाटार, शंखमुल र कमलादी शाखा

राजधानीका संकलन केन्द्रले भने १० दिनका लागि अर्थात श्रावन २५ गते सम्म मात्र फारम बुझिलिने छन् ।

स्थानीय बासिन्दा पश्चात् सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्कासन हुने छ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार १२:०४