सिटिजन्स बैंकका ग्राहकले नेपालक्यान्सर हस्पिटल छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन्स बैंकका ग्राहकले नेपालक्यान्सर हस्पिटल छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालक्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्चसेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंकले देशभर ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार १३:००