सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा



काठमाडाै । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २३ औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १३, महारानी बजारमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष   राम करण महतोले एक समारोहका बीच गरे । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि  अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक  दिपेश ढकालले हस्तान्तरण गर्नुभयो । साथै बैंकको बर्दिबास शाखाका प्रवन्धक  दिपेश ढकालले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो ।

 

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार १९:१४