आँखुखोला जलविद्युत कम्पनीको अाईपिअो अाज देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

आँखुखोला जलविद्युत कम्पनीको अाईपिअो अाज देखि



काठमाडाै । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आजबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

यो जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत आइपीओ आजैबाट जारी गरेको हो ।

यो आयोजनाले आयोजनाको कार्यालय र १५ वटा वित्तीय संस्थासहित धादिङको १६ स्थानबाट आइपीओको आवेदन दिन पाइने जानकारी दिएको छ ।

यो जलविद्युत आयोजनाले १ सय रुपैयाँ अंकित दरका ८ लाख कित्ता शेयर अर्थात ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

आइपीओको आवेदन छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म दिइसक्नु पर्ने छ । यसको शेयरका लागि न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

पहिलो चरणमा स्थानीयबासिन्दालाई बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने पनि यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएको छ ।

आईपीओ निष्कासनपछि चुत्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामासमेत लगानी गरेको छ ।

२०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपैयाँ पुगेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।

यो जलविद्युत कम्पनी पछिल्लो तीन वर्षमा निरन्तर घाटामा गएको छ । यसको गत वर्षको घाटा २३ करोड रुपैयाँ छ । यो कम्पनीले अझै ३ वर्ष नाफा गर्न नसक्ने जानकारी दिएको छ ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार ०८:२१