ग्लोबल आइएमई बैंकले नाफा बढायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकले नाफा बढायो



काठमाडाै । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७४/७५ मा ७ प्रतिशत अर्थात १५ करोड ०४ लाख ३२ हजार रुपैयाँले नाफा बढाएको छ ।

यो बैंकको नाफा गत वर्ष २ अर्ब १५ करोड ६५ लाख ९२ हजार रुपैयाँ पुगको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ६१ लाख ६० हजार रुपैयाँ रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ ।

जगेडा कोषमा ४ अर्ब ५७ करोड रुपैयाँ राखेको यो बैंकले गत वर्षसम्ममा १ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँको निक्षेप संकलन गरेर ९३ अर्ब ३७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले गरेको लगानी २० अर्ब ८२ करोड रुपैयाँ छ । बैंकले गत वर्ष व्याज आम्दानीबाट मात्रै ११ अर्ब ४२ करोड कमाएको छ ।

यो बैंकको खराब कर्जा अनुपात ०.६९ प्रतिशत छ । यसको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.३५ प्रतिशत छ । बैंकको आधार दर १०.५५ प्रतिशत छ भने औषत व्याजदर ४.८६ प्रतिशत रहेको छ । यसको प्रति शेयर आम्दानी २४.२६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १५१.४५ रुपैयाँ छ ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार ११:०५