सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते



काठमाडाै ।  सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते रहेको छ । यो हकप्रद साउन २० गतेसम्म भर्न पाइने छ । सिद्धार्थले असार १७ गतेदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्स्योरेन्सकले १८ करोड ४ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार ११:५४