कारोबारको अन्तिम दिन नेप्से ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कारोबारको अन्तिम दिन नेप्से ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ५६अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६२ कम्पनीको ६ लाख ७२ हजार ३ सय ६८ कित्त सेयर बाट २० करोड ७९ लाख २१ हजार ४ सय ७० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ५७ दशमलव ३७ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह २६ दशमलव ०६ अंकले, लघुवित्त समुह १० दशमलव ७२ अंकले, विकास बैँक समुह ८ दशमलव २७ अंकले, अन्य समुह ४ दशमलव ३९ अंकले, होटल समुह २ दशमलव २५ अंकले,फाइनान्स समुह १ दशमलव ९६ ,जलविधुत समुह १ दशमलव ५६ अंकल ओरालो लागेको छ।
आज बैँक र उतपादनमुलक समुह भने उकलो लागेको छ। आज बैक समुह ० दशमव ७३ अंकले र उतपादनमुलक समुह १ दशमलव १७ अंकले उकालो लागेको छ।

प्रकाशित : १७ श्रावण २०७५, बिहीबार १५:२४