एनआईसी एसिया बैंकको अवस्था यस्तो छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैंकको अवस्था यस्तो छ



काठमाडाै । एनआईसी एसिया बैंकको नाफा गत आव २०७४/७५ मा अघिल्लो आवको तुलानमा १९.१७ प्रतिशतले नाफा घटेको छ । यो बैंको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष २८ करोड २५ लाख ३७ हजार रुपैयाँले घटेको छ ।

गत वर्ष यो बैंकले १ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा यो वर्ष १ अर्ब १९ करोड ९ लाख रुपैयाँमात्र यस्तो नाफा रहेको छ ।

चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । गत वर्षसम्ममा यो बैंकले १ खर्ब ५१ अर्ब १९ करोड ९९ लाख निक्षेप संकलन गरेर १ खर्ब २० अर्ब ६६ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिसम्ममा बैंकले गरेको लगानी १८ अर्ब ४ करोड ९३ लाख रुपैयाँ रहेको छ । यो बैंकले गत वर्ष व्याज आम्दानीबाट मात्रै १३ अर्ब २६ करोड रुपैयाँ संकलन गरेर व्याज खर्च ९ अर्ब ३३ करोड रुपैयाँ गरेको छ ।

यो बैंकको खराब कर्जा अनुपात ०.०६ प्रतिशत छ । कर्जा तथा निक्षेप अनुपात (सीडी रेडियो) ७४.१२ रहेको यो बैंकको बार्षिक औषत ब्याजदर ५.१० प्रतिशत र आधार दर ११.१६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १८.२४ रुपैयाँ छ । यो बैंकको प्रति शेयर नेटवर्थ १५२.२५ रुपैयाँ रहेको छ ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार ०८:५७