सिटिजन बैंक एफपीओ भर्ने अाज अन्तिम मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन बैंक एफपीओ भर्ने अाज अन्तिम मिति



काठमाडाै । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको (एफपीओ) शुक्रबारसम्म मात्र भर्न पाइने भएको छ ।माग भन्दा बढी आवेदन परेपछि शुक्रबार बैंकिङ समयपछि आवेदन लिने काम बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो ।

बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ ।एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने भनिएकोमा माग भन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदिनमा एफपीओ बन्द हुन लागेको हो । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ ।

एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार ०९:०६