के एल मोबाइल मेला शनिबार देखि, एक्सचेञ्ज सँगै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

के एल मोबाइल मेला शनिबार देखि, एक्सचेञ्ज सँगै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल



काठमाडाैँ ।  काठमाण्डौको चाबहिल स्थित के एल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा जुन सुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ। मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो।
के एल मोबाइल हबले साउन१९ गते शनिबार देखि २ साता चावहिल स्थित के एल मोबाइल हबमा मोबाईल मेला संचालन गर्दैछ। मोबाइल  हबका अनुसार मोबाइल मेलामा जुन सुकै ब्राण्डका जुन सुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा खरिद गर्न सकिने छ। ग्राहकले मोबाइलको ब्राण्डर मूल्य अनुसार ६महिना, १वर्ष र १८ महिना अवधिको किस्ता बन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबका बिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए। उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइल सँग नयाँ मोबाइल साट्न पनि सकिने छ।
केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशत सम्मको डाउनपेमेण्टमा मोबाइल किन्न सकिन्छ। शुन्य प्रतिशत डाउन पेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ।अफरहरु के एल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबार मार्ग, सि टि भि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा दवल्र्ड भिजन मोबाइल सि टि सी मल चौथो तल्लामा पनि उपलब्ध हुने छ।ग्राहकले किस्ता बन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता,  रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनु पर्ने हुन्छ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ्ह्याम्परका साथै गोला प्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ।
यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना पनि मेला अवधिमा लागू गरिएको छ।यसका अलावा मोबाइलको खरिदमा ५० प्रतिशत सम्म छुटको व्यवस्था समेत रहेको उप्रेतीले जानकारी दिए।
‘मेला अवधिभर विश्वबजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिले सम्मकै सस्तो मूल्यमा बिक्री हुने छ।मोबाइल खरिद गर्न चाहने धेरै भन्दा धेरै सेवा ग्राहीले मोबाइल मेलाबाट फाइदा लिनु हुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ।’मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभग्लाइडरले भने।
विश्वबजारमा पाइने २५भन्दा बढी र्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन्।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार ११:४०