शुक्रबारदेखि यी ५ रुटमा ठूला बस मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुक्रबारदेखि यी ५ रुटमा ठूला बस मात्र



काठमाडौं। रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको समाचार आजको कारोबारमा छापिएको छ ।

एस ५ रुट अन्तर्गत नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायत सञ्चालन हुन लागेको हो ।सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलोपटक एस ५ रुट कार्यान्वयन हुन लागेको हो ।

उपत्यकाम हाल करिब ३ सय संघ संस्था समिति मातहतमा १०/१२ हजार सवारी दर्ता भइ सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार १४:१३