प्रधानन्यायधीशमा दिपकराज जोशीको नाम दुईतिहाईबाट अस्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानन्यायधीशमा दिपकराज जोशीको नाम दुईतिहाईबाट अस्वीकृत



काठमाडौं । संसदीय सुनुवाई समितिले प्रधानन्यायधीशमा प्रस्तावित कामु प्रधानन्यायधीश दिपकराज जोशीको नाम दुईतिहाईले अस्विकृत गरेको छ ।

समितिको आजको बैठकले जोशीको नाम दुईतिहाई मतले अस्विकृत गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने भोटिङ प्रक्रियामा भाग लिएन । संवैधानिक निकायका व्यक्तिको नियुक्तीमा संसदीय सुनुवाई समिति गठन गरेपछि पहिलो पटक समितिले नियुक्ती गरिएका प्रस्ताव गरिएका व्यक्तिको नाम अस्वीकृत गरेको हो ।

नेकपा र संघिय समाजवादी फोरमका सांसद् भोट भएपछि सुनुवाई समितिमा सरकारको दुईतिहाई थियो ।

प्रधानमन्त्री केपी ओली र नेकपा निकट नेताले जोशीलाई राजिनामा दिन सुझाव दिएका थिए । जोशीको प्रमाणपत्र विवादमा छ । प्रधानन्यायधीशको रुपमा रहेको गोपाल पराजुली प्रमाणपत्र विवादको कारण कार्यकाल पुरा नगरि बाहिरिनु परेको थियो । उनी न्यायपरिषद्का सचिवले दिएको पत्रको आधारमा अवकास भएका थिए ।

त्यसपछि बरियताक्रममा रहेका जोशीले कामु प्रधानन्यायधीशको रुपमा काम गरिराखेका छन् । संसदीय समितिले अस्विकृत गरेपछि जोशीको प्रधानन्यायधीश बन्ने सपन सकिएको छ ।

जोशीपछि सर्बोच्चमा बरिष्ठ न्यायधीश ओमप्रकाश मिश्र रहेका छन् ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार १४:४०