नेपाल टेलिकमको भ्वाइस टेलिफोन सेवा सुरु, ३ महिनाको निःशुल्क प्रमोसनल अफर



काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच (फाइबर टु दी होम) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ ।

आईपी बेस प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिनेछ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ ।

बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै कम्पनीले एफटीटीएच सेवाको रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ ।

टेलिकमले ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराएको छ । ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

प्रकाशित मिति २०७८ असार १ देखि