साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा



काठमाडाैँ ।साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०४/१८ गते मोर¨ जिल्लाको टँकी सिनुुवारीमा आफनो थप शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर  चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गर्नु भयो । उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर  शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गर्नुु भयो ।
उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले गर्नुु भएको थियो भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत  राजेन्द्र प्रसाद पौडेलले गर्नुु भएको थियो सोही क्रममा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले प्रमुुख अतिथि तथा अथितीलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको साथै मायाको चिनो समेत प्रदान गर्नुु भयो ।

साँग्रिला विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार १६:२२