मुक्तिनाथ विकास बैंक लि को आर्थिक बर्ष २०७४÷०७५ को प्रगती



काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७४÷०७५ सम्ममा रु.३० अर्ब ३५ करोड निक्षेप संकलन र रु.२५ अर्ब २६ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु.१ अर्ब २ करोड गरेको छ ।

विकास बैंकको माझमा यस विकास बैंकले उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३३ प्रतिशतले बृद्धि गर्न बैँक  सफल भएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात गत वर्ष भन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गर्न सफल रहेको छ । बैंकको प्रति सेयर आम्दानी रु २२.२२ रुपैया रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै संभावित नोक्सानी ब्यवस्था अगाडीको सञ्चालन मुनाफा रु १ अर्ब भन्दा बढी गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ । हाल बैंकले ९५ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

प्रकाशित मिति २०७८ असार १ देखि