राष्ट्रिय बीमा कम्पनीको खुद नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा कति ?



काठमाडाै । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४/०७५ मा कूल रु ५५ करोड खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आव २०७४÷७५ मा कम्पनीले बीमा शुल्कबापत रु ९३ करोड ८८ लाख र लगानी तथा कर्जाबाट रु ७४ करोड ७३ लाख आम्दानी गरेको जानकारी दिइयो ।

कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले संस्थागत सुशासनलाई ध्यान दिँदै सबै नागरिकलाई बीमाको दायराभित्र ल्याउन सुझाव दिनुभयो । उहाँले प्रतिस्पर्धात्मक बीमा बजारमा आफूलाई खरो उतार्न व्यावसायिक दक्षता र सेवाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए ।

संघीय संसद्मा प्रस्तुत भएको बीमा ऐनले बीमा क्षेत्रमा देखिएका समस्या हल गर्न र बीमा क्षेत्रको विकासका लागि सहयोग मिल्ने उहाँले बताउनुभयो । बीमा बजार विस्तारका लागि ग्रामीण तहसम्म बीमासम्बन्धी जनचेतना बढाइनुपर्ने उनको भनाइ थियो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको जानकारी दिँदै दूरदराजसम्म कम्पनीको सेवा विस्तार गर्दै सेवा प्रवाहलाई अझ आधुनिकीकरण गरी बहुसंख्यक जनतालाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले देशको कुनाकाप्चामा समेत सर्वसुलभ बीमा सेवा पु¥याउन कम्पनी क्रियाशील रहेको बताउँदै बीमा क्षेत्रको सेवा विस्तारका गर्न दीर्घकालीन रणनीति बनाउने तयारी भइरहेको जानकारी दिए।

सो अवसरमा जनतामा बीमाको चेतना विकास गरी बीमा सेवालाई सर्वसाधारणसमक्ष पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै उत्कृष्ट पाँच अभिकर्ता र उत्कृट तीन शाखालाई पुरस्कृत गरिएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापास्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रलाई रु ९० हजार आर्थिक सहयोग गरेको छ । त्यस्तै प्रणवानन्द विद्यामन्दिर गुह्वेश्वरीलाई रु ८० हजार, पिपल चौतारा माध्यामिक विद्यालय सुर्खेतलाई रु ५० हजार र चौतर्फी महिला विकास संस्थालाई रु ३० हजार आर्थिक सहयोग गरेको छ ।

कम्पनीले विसं २०२४ साल पुस १ गते राष्ट्रिय बीमा कम्पनी ९प्रालि० का रुपमा स्थापित भई २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अन्तर्गत संस्थानमा परिणत भई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसायलाई अलग संस्थाबाट सञ्चालन गर्नेसम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को २०७१ वैशाख २३ गतेको निर्णयबमोजिम साविकको संस्थानले सञ्चालन गर्दै आएको निर्जीवन बीमा व्यवसाय राष्ट्रिय बीमा कम्पनी लिमिटेडका रुपमा स्थापना भई व्यावसायिक कारोबार शुरु गर्दै आइरहेको छ ।

कम्पनीको हाल १२ वटा शाखा कार्यालय र दुई सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् । बीमा समितिले जारी गरेको पशु तथा बाली बीमा गर्ने नीतिबमोजिम कम्पनीले पनि पशु तथा बालीको बीमा व्यवसाय गरी कृषि क्षेत्रमा थप सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको गत असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंकलगायको मुद्दति निक्षेपमा रु तीन अर्ब ३५ करोड लगानी रहेको छ ।

नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्थामा, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी उच्चतम् प्रतिफल प्राप्त गर्र्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १९ श्रावण २०७५, शनिबार ०७:५५